Home Bibles व्यवस्था 12:15 · नेपाली बाइबल
व्यवस्था 12:15 · नेपाली बाइबल

“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।

Cross references

लेवी 17:3

इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।

व्यवस्था 12:20

“उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ।

व्यवस्था 12:22

तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ।

व्यवस्था 14:5

मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेडाहरू।

व्यवस्था 14:26

तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।

व्यवस्था 15:22

तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।

व्यवस्था 15:23

तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूँइमा पानी खन्याए जस्तै पोख्नु पर्छ।

Interlinear

Choose Theme