Home Bibles ☰ Books व्यवस्था 15:23 · नेपाली बाइबल
व्यवस्था 15:23 · नेपाली बाइबल

तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूँइमा पानी खन्याए जस्तै पोख्नु पर्छ।

Cross references

लेवी 7:26

“चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।

व्यवस्था 12:15

“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।

व्यवस्था 12:16

तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।

व्यवस्था 12:23

तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।

व्यवस्था 12:24

पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन।

1 शमूएल 14:32

तिनीहरूले पलिश्तीहरूबाट भेडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।

इजकिएल 33:25

“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?

Interlinear

Choose Theme