Home Bibles व्यवस्था 15:22 · नेपाली बाइबल
व्यवस्था 15:22 · नेपाली बाइबल

तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।

Cross references

व्यवस्था 12:15

“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।

व्यवस्था 12:21

परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।

व्यवस्था 12:22

तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ।

Interlinear

Choose Theme