Home Bibles ☰ Books लेवी 17:3 · नेपाली बाइबल
लेवी 17:3 · नेपाली बाइबल

इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।

Cross references

लेवी 3:2

अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्।

लेवी 17:8

“मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ।

लेवी 17:12

यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।

लेवी 17:15

“यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।

व्यवस्था 12:5

तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।

व्यवस्था 12:11

तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।

व्यवस्था 12:13

तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ।

व्यवस्था 12:14

परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।

व्यवस्था 12:20

“उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ।

व्यवस्था 12:26

“यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।

Interlinear

Choose Theme