Home Bibles व्यवस्था 14:5 · नेपाली बाइबल
व्यवस्था 14:5 · नेपाली बाइबल

मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेडाहरू।

Cross references

व्यवस्था 12:15

“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।

व्यवस्था 12:22

तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ।

1 राजा 5:3

“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।

अय्यूब 39:1

“अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?

यशैया 51:20

तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।

Interlinear

Choose Theme