Home Bibles प्रेरित 8:27 · नेपाली बाइबल
प्रेरित 8:27 · नेपाली बाइबल

यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकार थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।

Cross references

व्यवस्था 30:13

यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सएछौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’

1 राजा 8:41

“अरु ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्।

1 राजा 10:1

शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।

2 इतिहास 6:32

“कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्।

भजनसंग्रह 68:29

राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्।

भजनसंग्रह 68:31

मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ, एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।

भजनसंग्रह 87:4

परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।

यशैया 43:6

म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा ठाउँहरूमा छन, मलाई देऊ।

यशैया 45:14

परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन् तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ। शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्। तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्। तिनीहरू तिमी समक्ष झुक्नेछन्। अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।” अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्। इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।

यशैया 56:3

केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ।”

यशैया 60:3

तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।

यशैया 60:6

मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।

यशैया 66:19

मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

यर्मिया 13:23

जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।

यर्मिया 38:7

तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।

यर्मिया 39:16

“यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ र यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।

सपन्याह 3:10

मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।

मत्ती 12:42

न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।

मत्ती 21:2

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ।

मर्कूस 14:13

येशूले आफ्नो दूइजना चेलाहरूलाई नगर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “नगरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग।

यूहन्ना 2:5

येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”

यूहन्ना 12:20

तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।

हिब्रू 11:8

परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो।

Interlinear

Choose Theme