मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।
Cross references
मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ, एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)
कूश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।
त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।
त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।
तिमीहरू आफ्ना नानीहरू हराउँदा दुखी भएका थियौ तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।
आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।
“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।
मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।
यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।”
“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकार थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।
“म धेरै र्वषदेखि यरूशलेमबाट टाढा रहेको थिए। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ।
त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो।