“कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्।
Cross references
“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।
यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाडमा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन।
“भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सकंट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।
राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।
ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ।
तर रूथले भनिन्, “तपाईंलाई छाडन मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।
बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ।
“अरु ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्।
शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।
यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्च पारिएको छ।