Home Bibles ☰ Books भजनसंग्रह 87:4 · नेपाली बाइबल
भजनसंग्रह 87:4 · नेपाली बाइबल

परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।

Cross references

1 शमूएल 17:8

प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।

2 शमूएल 21:16

इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।

1 राजा 10:1

शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।

2 राजा 20:17

समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।

अय्यूब 9:13

परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।

भजनसंग्रह 45:12

टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन् यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।

भजनसंग्रह 68:31

मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ, एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।

भजनसंग्रह 89:10

तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो, तपाईंले आफ्‍ना शत्रुहरूलाई आफ्‍नो बाहुबलले तितरबितर पार्नुभयो।

भजनसंग्रह 137:1

हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौ।

भजनसंग्रह 137:8

हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ।

यशैया 13:1

परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः

यशैया 14:4

त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौःराजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो।

यशैया 19:11

“सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका ‘सल्लाहकारहरूले’ भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्।”

यशैया 19:23

त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्।

Interlinear

Choose Theme