2 शमूएल
Chapter 16
नेपाली बाइबल1दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।
2राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?”सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरूभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”
3राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?”सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘ अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।”‘
4तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।”सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैं रिझाउनसक्छु।”
5दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।
6शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे।
7शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।
8परमप्रभुले तलाईं सजाय दिदैछन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस्। तैंले शाऊलको राजसिंहासन चोरिस्। तर अहिले ठीक यस्तो गति हुँदैछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारा होस्।”
9सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”
10तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला।” कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?”
11दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो।
12यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”
13यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।
14राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।
15अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए।
16दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेटून आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”
17अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यरूशलेम छोडेर किन दाऊदसंग गएनौ?”
18हूशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु।
19पहिले मैले तपाईंका पिताको सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।”
20अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”
21अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”
22तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।
23त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.