Home 2 शमूएल 10 · नेपाली बाइबल

2 शमूएल

Chapter 10

नेपाली बाइबल
1पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए।
2दाऊदले भने, “नाहाश मप्रति उदार थिए। यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए।
3तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्तवना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरूद्ध युद्ध गर्ने योजना हो।”
4यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।
5जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइञ्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”
6अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।
7दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए।
8अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।
9योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे।
10तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए।
11योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु।
12हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”
13त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे।
14अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।
15अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे।
16हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।
17दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे।अरामीहरू तयारै थिए र धावा बोले।
18तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।
19हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme