सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे।
Cross references
दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”
सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।
अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मार्यो।
तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए।
अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।
दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकहरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई ईत्तैबाटका गित्तीको अधिकारमा थिए। राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”
अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो।तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्।
तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।
योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।