Home Bibles 2 शमूएल 23:19 · नेपाली बाइबल
2 शमूएल 23:19 · नेपाली बाइबल

ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।

Cross references

2 शमूएल 23:9

दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे।

2 शमूएल 23:13

एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिं तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।

2 शमूएल 23:16

तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए।

1 इतिहास 11:25

बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।

मत्ती 13:8

अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।

मत्ती 13:23

तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

1 कोरिन्थी 15:41

सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme