Home Bibles ☰ Books उपदेशक 4:12 · नेपाली बाइबल
उपदेशक 4:12 · नेपाली बाइबल

एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।

Cross references

2 शमूएल 23:9

दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे।

2 शमूएल 23:16

तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए।

2 शमूएल 23:18

सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे।

2 शमूएल 23:23

बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।

दानियल 3:16

शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।

एफिसी 4:3

आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

Interlinear

Choose Theme