Home Bibles 1 इतिहास 2:16 · नेपाली बाइबल
1 इतिहास 2:16 · नेपाली बाइबल

तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।

Cross references

1 शमूएल 26:6

दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

2 शमूएल 2:13

सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।

2 शमूएल 2:18

सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।

2 शमूएल 3:39

आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”शाऊलको परिवारमा समस्या

2 शमूएल 14:1

सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए।

2 शमूएल 16:9

सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”

2 शमूएल 19:22

दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरूद्धमा छौ। इस्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।”

1 इतिहास 11:20

योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।

Interlinear

Choose Theme