के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।”‘
Cross references
योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूब्बाल भने।
बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।
त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए।
तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन।
जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।
अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।”तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रूनथाले।
हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ।