योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूब्बाल भने।
Cross references
बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।
“यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ।
के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।”‘
“हे यहूदाका मानिसहरू! तिमीहरूसंग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।
उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाए जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।