Home Bibles ☰ Books न्यायकर्ता 9:53 · नेपाली बाइबल
न्यायकर्ता 9:53 · नेपाली बाइबल

तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन।

Cross references

न्यायकर्ता 4:9

दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु,” “तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।”यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्।

न्यायकर्ता 9:15

तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।”

न्यायकर्ता 9:20

तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

2 शमूएल 11:21

के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।”‘

2 शमूएल 20:21

तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।”त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।”

अय्यूब 31:3

परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ, खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।

यर्मिया 49:20

एदोम र तेमानका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। तिनीहरूले थुमाहरू घिस्यार्नेछन्। उसले तिमीहरूको खेत सम्पूर्ण नष्ट पार्नेछ।

यर्मिया 50:45

बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।

Interlinear

Choose Theme