न्यायकर्ता 9:50 · नेपाली बाइबल
त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए।
Cross references
2 शमूएल 11:21
के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।”‘
1 राजा 16:17
यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोेडे अनि तिर्सामाथि आक्रामण गरे।