Home Bibles 2 शमूएल 3:34 · नेपाली बाइबल
2 शमूएल 3:34 · नेपाली बाइबल

अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।”तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रूनथाले।

Cross references

न्यायकर्ता 16:21

पलिश्ती मानिसहरूले शिमशोनलाई पक्वे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए।

2 शमूएल 1:12

तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।

अय्यूब 24:14

हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

भजनसंग्रह 107:10

परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानको अंध्यारो कोठाहरूमा बन्दी थिए।

होशे 6:9

जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।

Interlinear

Choose Theme