अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसंग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।
Cross references
तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।
“तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नछर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।
परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।
“तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किन? किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।
“गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।
एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुसरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुसरण गर!”मानिसहरूले केही बोलेनन्।
दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो।
यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।
जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरू द्वारा दिनु भयो। जब तपाईंले भन्नु भयोः “त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेऊ देखि अर्को छेऊ सम्म कुर्कम अनि अशुद्धताले भरिएको छन्।
तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।
त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तकबाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन।
ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।
हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं? के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!
तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ। म ती सबै मानिसहरूको साथी हुँ ज-जसले तपाईंको आदेशहरू मान्दछन।
हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु जो तपाईंको विरूद्धमा उठ्दछन्।
धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।
धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमानदार मानिसलाई घृणा गर्छन्।
यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेमअनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्।यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।
परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्माहुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।
संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।
“यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर।
पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हुललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।
“रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।
मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ।
तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।
भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”
तिनीहरूका विचार निकम्मा हुन्छन्।
मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।
तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।
तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन।
अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैलाई परमेश्वरको शत्रु तुल्याउँछ।
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।