धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमानदार मानिसलाई घृणा गर्छन्।
Cross references
म ईमान्दार हुनेछु। म दुष्टपूर्ण कामहरू गर्नेछैन।
हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु जो तपाईंको विरूद्धमा उठ्दछन्।
यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।
मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।-24-
हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ, र उसलाई मार्न चाहान्छ।
मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।
यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ।
भाइ अनि बहिनीहरु, जब यस संसारका मानिसहरुले तिमीहरुलाई घृणा गर्छन्, आश्चर्यचकित नबन।