ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?
Cross references
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।
एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुसरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुसरण गर!”मानिसहरूले केही बोलेनन्।
तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”
जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ।
अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।
पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।
तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न।
मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।