Home Bibles एफिसी 5:6 · नेपाली बाइबल
एफिसी 5:6 · नेपाली बाइबल

मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।

Cross references

गन्ती 32:13

“इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउञ्जेल चालीस वर्ष सम्म उहाँले तिनीहरूलाई मरूभूमिमा यता उता डुलाउनु भयो।

यहोशू 22:17

याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।

2 राजा 18:20

तिम्रा वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ।

भजनसंग्रह 78:31

परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।

यर्मिया 23:14

मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”

यर्मिया 29:8

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ।

यर्मिया 29:31

“यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ ‘यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो।

इजकिएल 13:10

“ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।

मीका 3:5

परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।

मत्ती 24:4

येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्।

मत्ती 24:24

झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।

मर्कूस 13:5

येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्।

मर्कूस 13:22

झूटो ख्रीष्टहरू र झुटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्।

रोमी 1:18

परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरूद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ।

गलाती 6:7

आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

एफिसी 2:2

हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ।

कलस्सी 2:4

म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण र्तकमा मूर्ख बनाउन नसकुन्।

कलस्सी 2:8

सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।

कलस्सी 2:18

कसै-कसैले वहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।”

कलस्सी 3:6

यस्ता कुराहरूले आज्ञ नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।

2 थिस्सलोनिकी 2:3

कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।

2 थिस्सलोनिकी 2:10

दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।

हिब्रू 3:19

यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

1 पत्रुस 2:8

जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।”

1 यूहन्ना 4:1

मेरा प्रिय मित्रहरु, अनेक झूटा अगमवक्ताहरु अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरुलाई जाँच्ने गर कि तिनीहरु परमेश्वरबाट आएका हुन् वा होइनन्।

Interlinear

Choose Theme