Home Bibles ☰ Books रोमी 6:17 · नेपाली बाइबल
रोमी 6:17 · नेपाली बाइबल

विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो।

Cross references

1 इतिहास 29:12

धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।

एज्रा 7:27

परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।

भजनसंग्रह 18:44

ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्।

मत्ती 11:25

त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।

प्रेरित 11:18

जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले र्तक गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

प्रेरित 28:15

त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

रोमी 1:5

ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु।

रोमी 1:8

सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्।

रोमी 2:8

तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।

रोमी 15:18

गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।

रोमी 16:26

त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ।

1 कोरिन्थी 1:4

परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सँधै धन्यवाद चढाउँछु।

1 कोरिन्थी 6:9

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।

Interlinear

Choose Theme