तिनीहरुले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
Cross references
लेवीहरू येअ, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।
यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।
परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ! उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ। आमेन, आमेन।
यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!
परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”
प्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।
परमप्रभुलाई धन्यवाद छ। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।