प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।
Cross references
परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।
“त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।
त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।
त्यसपछि त्यसलाई पूजाहारीले नटुक्राइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।
अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।
होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,
परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।
“म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन।
मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।
यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें।
येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।
तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।
केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यु-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत संझेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।
बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
हरेक कुरो प्रेमपूर्वक गर।
परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।
ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैलाई हाम्रा पापहरूका निम्ति बलि दिए।
यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।
तिमाहरुको विश्वासको कारणले ख्राष्ट तिमीहरुको हृदयमा बसून् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरुले पउन्।
ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ।
सँधै नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।
तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुञ्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीरको प्रत्येक अंग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अंगले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।
पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।
यी सबै गर अनि सबभन्दा मुख्य कुरो आपस्तमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो।
ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ।
सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।
तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।
यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सकली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।
यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैं भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।
येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो।
सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरु ढाक्छ।