परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सँधै “हो” हो।
Cross references
तब परमेश्वरले मोशालाई भन्नुभयो, “म जो हुँ’ त्यही हुँ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।”
अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।
तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”
जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;
येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।
ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।
मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ।