Home Bibles मत्ती 27:54 · नेपाली बाइबल
मत्ती 27:54 · नेपाली बाइबल

सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”

Cross references

2 राजा 1:13

अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।

मत्ती 4:3

शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

मत्ती 8:5

येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।

मत्ती 26:63

येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”

मत्ती 27:36

तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए।

मत्ती 27:40

“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”

मत्ती 27:43

उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”

मर्कूस 15:39

सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”

लूका 22:70

तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”

लूका 23:47

सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”

यूहन्ना 19:7

यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”

प्रेरित 2:37

जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

प्रेरित 10:1

सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो।

प्रेरित 16:29

जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।

प्रेरित 21:32

सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।

प्रेरित 23:17

तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।”

प्रेरित 23:23

त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9बजे हिडन तयार हुनु पर्छ।

प्रेरित 27:1

यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौ। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।

प्रेरित 27:43

तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।

रोमी 1:4

एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।

प्रकाश 11:13

त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरु त्यस भूँईचालोमा मरे। मानिसहरु जो मरेनन्. तिनीहरु अत्यन्त भयभीत थिए। तिनीहरुले स्वर्गका परमेश्वरलाई महिमा गरे।

Interlinear

Choose Theme