Home Bibles मत्ती 27:40 · नेपाली बाइबल
मत्ती 27:40 · नेपाली बाइबल

“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”

Cross references

उत्पत्ति 37:19

उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ।

मत्ती 4:3

शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

मत्ती 4:6

शैतानले भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फालनुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।”‘

मत्ती 16:4

दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।बाहेक अरू चिन्ह देखाइनेछैन।’ त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोडनु भयो।

मत्ती 26:61

“यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।”‘

मत्ती 26:63

येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”

मत्ती 27:42

तिमीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफै क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं।

मत्ती 27:54

सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”

लूका 14:29

यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्।

लूका 16:31

फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘

यूहन्ना 2:19

येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”

प्रकाश 11:10

किनभने यी दुई मरेकोमा पृथ्वीका बासिन्दाहरु खुशी हुनेछन्। तिनीहरु भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुई अगमवक्ताहरुले पृथ्वीमा बस्ने मानिसहरुमा अनेक यातना दिए।

Interlinear

Choose Theme