Home Bibles प्रेरित 15:22 · नेपाली बाइबल
प्रेरित 15:22 · नेपाली बाइबल

तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।

Cross references

2 शमूएल 3:36

सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए।

2 इतिहास 30:4

त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।

2 इतिहास 30:12

यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।

प्रेरित 1:23

प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।

प्रेरित 6:4

यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”

प्रेरित 8:14

प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए।

प्रेरित 11:22

एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए।

प्रेरित 15:1

त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

प्रेरित 15:23

मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनःप्रिय दाज्यू-भाइहरू,

प्रेरित 15:25

तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।

प्रेरित 15:27

त्यसैले हामीले उनीहरूसंग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्।

प्रेरित 15:32

यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।

प्रेरित 15:40

पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।

प्रेरित 16:19

यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीलाई पैसा कमाउन सक्तैनन्। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहर अधिकारीहरू थिए।

प्रेरित 16:25

मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।

प्रेरित 16:29

जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।

प्रेरित 17:4

तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने।

प्रेरित 17:10

पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।

प्रेरित 17:14

त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँचो परमेश्वरको आराधना र्गथिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।

प्रेरित 18:5

सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।

1 थिस्सलोनिकी 1:1

पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।

2 थिस्सलोनिकी 1:1

पावल, सिलवानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।

1 पत्रुस 5:12

मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरुलाई उत्साह दिन औ यो परमेश्वरको साँचो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

Interlinear

Choose Theme