त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
Cross references
“यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।
अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।
परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।
त्यसपछि तिनीहरू एफिसस्मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसंग बात गरे।
अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो।
अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।
मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।
यदि खाली मानवताको कारणले मैले एफिससमा जंगली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”
तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु।
परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिनन्दन।
लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अबिवादन सुनाइदिनु। हाम्रो अबिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु।
जब म म्यासिटोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ।
यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नभयो अनि यो परमश्वरको सन्देश हो।
यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरुलाईअनुग्रह अनि शान्ति रहोस् तिमीहरुलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिहाँसन अघिका सात आत्माहरुद्वारा
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगाहुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।
उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।
“पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरुलाई यी कुराहरु भनिरहेछन्।
“थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख“परमेश्वरका पुत्रले यी कुराहरु भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरुलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ
“सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख“उहाँ जसकोमा सात आत्माहरु अनि सात ताराहरु छन् तिमीहरुलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरुले गर्दै गरेका कुरा मलाई थाहा छ. मानिसहरुले भन्दछन् कि तिमीहरु जीवित छौ। तर वास्तवमा तिमीहरु मृत हौ।
“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरुलाई यी कुराहरु भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।
“लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख“आमिनएक हुनुहुन्छ जसले तिमीहरुलाई यी कुराहरु भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँचो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ
ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरुलाई गुप्त राख।”
तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरु धन्य हुन्।”आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरु तिनीहरुका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरुले गरेका कुराहरु तिनीहरुसितै रहनेछन्।”
तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”