लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।व्
Cross references
यी द्वारपालकहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए।
तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।
दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।
गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।
दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।
चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”
कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गदथे।
काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरीगहुँ, 20,000 मुरी जौं, 20,000 पाथीदाखरस अनि 20,000 पाथी तेल दिने छु।”
सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुँङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।
अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।
सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।
अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिनीहरूसाथ रहून् जसले त्यही गर्छ जे उचितछ।”
एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षकथिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए।
तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै मैला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौ।
तिमीहरू भन्छौ, ‘हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं’ यसकारण हामी ज्ञानी छौं!’ तर यो सत्य होइन। किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।
तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।