Home Bibles 1 इतिहास 23:4 · नेपाली बाइबल
1 इतिहास 23:4 · नेपाली बाइबल

दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।

Cross references

व्यवस्था 16:18

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।

व्यवस्था 17:8

“केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडामा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ।

1 इतिहास 6:48

हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।

1 इतिहास 9:28

केही द्वारपालकहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे।

1 इतिहास 23:28

लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।

1 इतिहास 26:20

अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।

1 इतिहास 26:29

केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गदथे।

2 इतिहास 19:8

अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए।

2 इतिहास 23:18

तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे।

2 इतिहास 34:13

लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।व्

एज्रा 3:8

दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।

नहेम्याह 11:9

जिक्रीका छोरा योएललाई तिनीहरू अनि यहूदामाथि नियुक्त गरियो, अनि हासेन्आका छोरा शहरका दोस्रो प्रमुख अधिकारी थिए।

नहेम्याह 11:22

यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए।

मलाकी 2:7

पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनिपरमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”

प्रेरित 20:28

तिमीहरू आपै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।

Interlinear

Choose Theme