Home Bibles ☰ Books 1 इतिहास 16:38 · नेपाली बाइबल
1 इतिहास 16:38 · नेपाली बाइबल

दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।

Cross references

1 इतिहास 13:14

करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।

1 इतिहास 25:3

यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोगगरे।

1 इतिहास 26:4

ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।

1 इतिहास 26:10

यी मरारीका परिवारका द्वारपालकहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने।

Interlinear

Choose Theme