यी द्वारपालकहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए।
Cross references
चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”
कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।
मन्दिरका द्वारपालहरूका सन्तानःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता, अनि शोबैका सन्तानहरू
अक्कूब, तल्मीन अनि तिनीहरूका आफन्तहरू जसले द्वारको हेरचाह गर्थेः 172 जना थिए।