तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।
Cross references
दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।
करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।
आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए।
बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।
दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।
यिश्याह मीकाका भाइ थिए। यिश्याहका छोरा जकर्याह थिए।
आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे।
पहिलो-आसापका छोराहरू (योसेफ) अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।
यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।
ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।