Home Bibles 1 शमूएल 25:39 · नेपाली बाइबल
1 शमूएल 25:39 · नेपाली बाइबल

दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो।

Cross references

न्यायकर्ता 5:2

इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!

1 शमूएल 24:15

परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुई बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैले देखाउनु हुनेछ कि म सही छु।”

1 शमूएल 25:26

परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्।

1 शमूएल 25:32

दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।

1 शमूएल 25:34

साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”

1 शमूएल 26:10

साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्।

2 शमूएल 1:16

तेरो आफ्नै भनाईमा त दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।

2 शमूएल 3:28

पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ।

2 शमूएल 22:47

परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।

1 राजा 2:44

तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ।

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

एस्तर 9:25

तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।

भजनसंग्रह 7:16

तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

भजनसंग्रह 9:5

तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।

भजनसंग्रह 58:10

जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।

हितोपदेश 18:22

जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।

हितोपदेश 19:14

धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

हितोपदेश 22:23

परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।-2-

हितोपदेश 31:10

असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

हितोपदेश 31:30

आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।

श्रेष्ठगीत 8:8

हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने!

विलाप 3:58

परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।

होशे 2:6

“यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्।

मीका 7:9

मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ। यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो। तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ। उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ। फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ। अनि म उहाँको उद्धार हेर्नेछु।

2 कोरिन्थी 13:7

परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठुलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफै असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर।

1 थिस्सलोनिकी 5:23

शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा , प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख।

2 तिमोथी 4:18

यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि- रहोस्। आमिन।

प्रकाश 19:1

तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए“हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।

Interlinear

Choose Theme