इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!
Cross references
सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्। उनले राजाको भाग नै लैजान्छन्। उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्। परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्। उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”
मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ जो स्वेच्छाले युद्धमा जाने भए!परमेश्वर प्रति धन्यवाद चढाऊ!
परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।
अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई अर्पण गर्नमा खुशी थिए।
मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।
मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।