Home Bibles ☰ Books एस्तर 9:25 · नेपाली बाइबल
एस्तर 9:25 · नेपाली बाइबल

तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।

Cross references

1 शमूएल 25:39

दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो।

1 राजा 8:32

तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।

एस्तर 7:5

अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

एस्तर 9:13

अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।

भजनसंग्रह 7:16

तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

भजनसंग्रह 7:17

म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

भजनसंग्रह 94:23

परमेश्वरले भयंकर कार्य गर्ने ती दुष्ट न्यायकर्त्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्त्ताहरूलाई नष्ट गर्नुहुनेछ।

भजनसंग्रह 109:17

त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।

भजनसंग्रह 140:9

परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।

भजनसंग्रह 141:10

ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकूँ।

हितोपदेश 5:22

एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

हितोपदेश 26:27

अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।

ओबदिया 1:15

सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।

Interlinear

Choose Theme