दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।
Cross references
त्यसले भने, परमप्रभु मेरा मालिकका परमेशवर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा विश्वस्त हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्याएर ल्याउनु भयो।”
यित्रोले भने, “परमप्रभुको स्तुति होस। उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो। परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।
इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।
तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।
परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।