जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
Cross references
तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।”
तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।
याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।
यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।
म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर।
किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मककाउँदै गरेका हड्डीहरू जस्तै हो।
धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।
असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
तिम्रो पत्नीसंग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर।
“याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेडाहरूको हेरचाह गर्यो।