ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुदेर कांसलाई मार्तोलले पिटेर बनाएका थिए।
Cross references
उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।
“अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।
तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे।
तिनीहरूको पखेटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।
भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए।
हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो।
प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो।
दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए।
दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो।
किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।
बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।
तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।