भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए।
Cross references
राजाले यी चीजहरू सुक्कोत र शरतानबीच यर्दन नदीको छेऊमा बनाउने आदेश दिएका थिए।
ठूलो काँसाको खड्कुँला बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खड्कुँला यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए।
ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसकने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।
हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो।
यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।
येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।
तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्।
मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”के परमेश्वर गोरूहरूमा मात्र चासो छ?
सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।