Home Bibles ☰ Books इजकिएल 41:18 · नेपाली बाइबल
इजकिएल 41:18 · नेपाली बाइबल

दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए।

Cross references

1 राजा 6:29

मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।

1 राजा 6:35

तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।

1 राजा 7:29

ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुदेर कांसलाई मार्तोलले पिटेर बनाएका थिए।

1 राजा 7:36

ठेलागाडाको बगल अनि चौखटमा करूब स्वर्गदूतहरू, सिंह अनि ताडको रूखहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलगाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए।

2 इतिहास 3:5

सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए।

2 इतिहास 3:7

सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।

इजकिएल 1:10

हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो।

इजकिएल 10:14

प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो।

इजकिएल 10:21

प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो।

इजकिएल 40:16

रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।

इजकिएल 40:22

यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो।

इजकिएल 41:20

बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजूरको बोटको चित्र खोपिएको थियो।

इजकिएल 41:25

बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजूरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो।

प्रकाश 4:7

पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रोे गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड जस्तो थियो।

प्रकाश 7:9

त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।

Interlinear

Choose Theme