1 राजा 7:30 · नेपाली बाइबल
प्रत्येक ठेला-गाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ठूलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुआहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए।
Cross references
इजकिएल 1:15
जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो।
इजकिएल 3:13
अब ती प्राणीहरूले तिनीहरूको पंखेटा हल्याउन शुरू गरे। जब पंखेटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे।
इजकिएल 10:9
तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो।
इजकिएल 10:10
त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो।