Home Bibles इजकिएल 41:15 · नेपाली बाइबल
इजकिएल 41:15 · नेपाली बाइबल

त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भिताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो।

Cross references

श्रेष्ठगीत 1:17

हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।

श्रेष्ठगीत 7:5

तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।

इजकिएल 41:12

पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो।

इजकिएल 41:17

ढोकामाथि सम्म थिए। भित्री कोठादेखि बाहिरसम्म काठमा चौखट लगाएको थियो। मन्दिरकोबाटोको भित्री कोठा तथा बाहिरी कोठामा करूब स्वर्गदूत र खजूरको चित्र खोपिएको थियो।

इजकिएल 42:1

तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।

इजकिएल 42:3

भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।

इजकिएल 42:5

माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो।

इजकिएल 42:15

त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।

जकरिया 3:7

सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।

Interlinear

Choose Theme