Cross references
एज्रा 6:3
राजा कोरेसको प्रथम वर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए।मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्।
इजकिएल 40:1
हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।
इजकिएल 41:1
त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो।
प्रकाश 21:16
त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लभ्बाई र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।