Home Bibles 2 इतिहास 3:3 · नेपाली बाइबल
2 इतिहास 3:3 · नेपाली बाइबल

सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए।

Cross references

1 राजा 6:1

तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबकोमहिना थियो।

1 राजा 6:2

मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो।

1 इतिहास 28:11

त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।

Interlinear

Choose Theme