तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए।
Cross references
तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।
परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।
मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहाण गर्न सिकाउँछन्।
र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।
तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस वखत तिमीहरूले मलाई ध्यानै दिएनौ।
उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।
ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिंडाउँदछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ।